यस्तो छ धानको बीउको न्यूनतम मूल्य
काठमाडौँ ०८ वैशाख । कैलालीमा बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । निर्धारण गरिएको मूल्यसूची अनुसार उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु ६५ रुपैयाँ रहको छ ।
राष्ट्रिय बीउ उत्पादक सङ्घ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो । उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी सङ्घले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो रु ६८ र मसिनो रु ७० निर्धारण गरेको छ । यस्तै मूल बीउ मोटा प्रतिकिलो रु ७० र मसिनो रु ७५ निर्धारण गरेको छ ।
यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महङ्गो छ । गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो रु पाँचका दरले बढेको छ । यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरिद गरेकाले केही महङ्गो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताउनुभयो ।