ह्वातै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ ०८ वैशाख । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । हिजो ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो नेपाली बजारमा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले बढेको छ । आज छापवाला सुन तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।