भारतमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु, ३ लाखमा संक्रमण
काठमाडौँ । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार मात्रै भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पुष्टि भएको छ। एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको भारतमा यो पहिलो पटक हो ।
भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण भेटिएको हो ।
मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ ।
महाराष्ट्र, दिल्ली, उत्तर प्रदेशसमेत ११ राज्यमा अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रमा २४ घण्टाभित्र ६२ हजार ९७, उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५ जना संक्रमित पाइएका छन् ।
यस्तै, केरलामा १९ हजार ५७७, कर्नाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१ जना संक्रमित पाइएका छन् ।
मध्य प्रदेशमा १२ हजार ७२७, गुजरातमा १२ हजार २०६, तमिलनाडूमा १० हजार ४५५ जना संक्रमित एकैदिन फेला परेका हुन् ।