image
image
आइएमई पे वालेटः विदेशबाट पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

आइएमई पे वालेटः विदेशबाट पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

काठमाडौं। विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकले १ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन्।अफरअन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आइएमई पेले जारी ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा १ करोड र हरेक महिना १ लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरेको छ।

सेवाग्राहीहरूको उत्साह तथा हितका लागि बेला–बेलामा विभिन्‍न अफर सार्वजनिक गर्दै आएको आइएमई पेले यस अघिको योजनामा प्रयोगकर्ताहरूको उल्लेख्य सहभागिता र ग्राहकको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।