सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन
काठमाडौँ। सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातयात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
यातायात व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने तथा सवारीको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने लगायत निर्णय गरिएको थियो।
लामो दुरीका सवारीबीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्नुपर्नेछ।