घट्यो अन्तरबैंक कारोबार
काठमाडौँ ७ वैशाख । नेपालमा पछिल्लो समय अन्तरबैंक कारोबार घेटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको कारोबार रकम ७९ प्रतिशतभन्दा धेरैले घटेको हो ।
चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरूको ५ खर्ब ९८ अर्ब ६१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को १ खर्ब ४६ अर्ब ७० करोड गरी कुल ७ खर्ब ४५ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.४६ प्रतिशतले कम हो ।
त्यस्तै केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १२ खर्ब २७ अर्ब ६३ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब १० अर्ब ५ करोड गरी कुल १३ खर्ब ३७ अर्ब ६८ करोड अन्तर बैंक कारोबार भएको थियो ।