वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै
काठमाडौँ ०७ वैशाख । पछिल्लो समय वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै गएको छ । नेपाली कामदारहरूका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स (युएई) हुन् । सामान्य लेखपढ गरेका र लेखपढ नै नगरेकाहरू पनि रोजगारीका लागि यी मुलुकमा पुग्ने गर्छन् ।
कामका गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै नेपालीले ज्यान गुमाउने मुलुक मलेसिया हो । आर्थिक वर्ष ०६५/६६ देखि चालु आर्थिक वर्षको चैतसम्ममा मलेसियामा ३ हजार ८२१ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डको अभिलेख छ ।
बोर्डको अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा गएका ९६९ जनाको विभिन्न कारणले ज्यान गएको छ । यीमध्ये मलेसियामा मात्रै २३८ जना बिते । गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ६३० जनामध्ये १७७ जना नेपाली मलेसियामा थिए । त्यस्तै आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारी ९ हजार २३७ जनाको ज्यान गएको छ ।