image
image

सीमा नाकामा अब एक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै

काठमाडौँ। सरकारले भारतसँग जोडिएका सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्पिरिषद् बैठकले कोरोना जोखिम बढ्दै गएको र सीमाबाट प्रवेश गर्ने नागरिकमा कोभिड परिक्षण पुरा नहुँदासम्मका लागि नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन समितिलाई निर्देशन दिँदै सरकारले तत्काल प्रदेश सरकारसँगको समन्वयमा उक्त सेन्टर स्थापना गर्न भनेको छ ।


गड्डाचौकी, गौरीफन्टा, जमुनाह, काँकडभिट्टा, कृष्णनगर, वेहिलिया, वीरगञ्ज र रानी नाकाको स्थलगत अनुगमन गरी तत्काल एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

आवश्यकताअनुसार अन्य अन्तर्राष्ट्रिय नाकास्थलको पायक पर्ने क्षेत्रमा पनि यस्ता सेन्टर बनाउन कोभिड संकट व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ ।

यस्ता होल्डिङ सेन्टरमा सीमापारीबाट आएका नागरिकहरुको तत्कालका लागि रोकिराख्ने व्यवस्थापन गरिने र कोरोना नेगेटिभ भएको पुष्टिपछि मात्रै घर पठाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।