image
image
मौद्रिक नीति सार्वजनिकः घट्यो बैंकदर र नीतिगत दर, मुद्रास्फीतिको लक्ष्य कति ?

मौद्रिक नीति सार्वजनिकः घट्यो बैंकदर र नीतिगत दर, मुद्रास्फीतिको लक्ष्य कति ?

 

काठमाडौं । आर्थिक वर्ष ०८१–८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ । सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ । 

बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । नीतिगत दरलाई ५.५ बाट ५ प्रतिशतमा झारिएको छ । अनिवार्य नगद मौज्दातको व्यवस्थालाई निरन्तरता दिएको छ । अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमामा रहेको र बाह्य क्षेत्रमा सुधार भएको उनले जानकारी दिए ।

‘भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो’ 
कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गर्भनर अधिकारीले बताएका छन् ।यस्तै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।