image
image

 वैशाख २७ देखि कतारी रियाल सटही नहुने ,कारण यस्तो 

काठमाडौँ ०७ वैशाख ।  नेपाल राष्ट्र बैंकले वैशाख २७ देखि  कतारी रियाल नोटहरु सटही नगर्ने भएको छ ।  बैंकले  हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई २७ वैशाखभित्र साटीसक्न आग्रह गरेको छ । 

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई (१७ असार) बाट नचल्ने निर्णय गरेकाले राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । हाल कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाएर नयाँ नोट जारी गर्न लागेको छ। 


नेपाल राष्ट्र बैंकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुबाट तोकिएको मितिभन्दा अगाडि कतारी रियाल सटही गर्न भनिएको छ ।  तर, सो मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र बैंकको  सूचनामा उल्लेख छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।