image
image

२०७८मा  पहिलो पटक घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ०७ वैशाख । आज २०७८ साल लागेपछि पहिलो पटक सुनको मूल्य घटेको छ । वैशाख २ गतेदेखि निरन्तर बढेर हिजो वैशाख ६ गते ९१ हजार पुगेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको छ ।
 
मंगलबार छापावाला सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै घटेको छ । हिजो ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य : 

केहि दिन देखि चाँदीको मूल्य भने स्थिर नै रहेको छ । वैशाख २ गते १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी ३ गते देखी १३ सय रुपैयाँमा नै  कारोबार भईरहको छ । आज पनि चाँदी तोलाको १३ सय रुपैयाँ नै कायम रहको महासंघले जनाएको छ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।