ठूला पूर्वाधारमा ५० करोड लगानी भित्र्याउने लक्ष्य
काठमाडौँ। कोषमा सरकारको ५० करोड लगानी, गैरआवासीय नेपालीलाई लक्षित गर्दै छिट्टै आइपिओ निष्कासन गर्ने योजना
सरकारले ५ प्रतिशत लगानी रहेको १० अर्बको एनआरएन डेभलपमेन्ट फन्डको औपचारिक सुरुवात गरिएको छ । एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडले नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भित्र्याउँदै देश विकासमा काम गर्न कम्पनी खडा गरेको हो । सरकारको कोषमा ५० करोड रुपैयाँ रहेको छ । सुरुवाती लगानी १० अर्बको भए पनि अबको लक्ष्य १ खर्ब रुपैयाँसम्म लगानी भित्र्याउने फन्डको योजना छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको प्रमुख उद्देश्य रहेको फन्डका कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए ।
१०औँ लाख गैरआवासीय नेपाली सहभागी गराउने लक्ष्यका साथ संसारभर खडा गरिएका एनआरएन च्याप्टरले कोषको प्रवर्द्धन, पुँजीको परिचालनलगायत अन्य विविध लगानीयोग्य कोषको निर्माण गर्ने कम्पनीका अध्यक्ष डा। उपेन्द्र महतोले बताए ।
१ खर्बको मात्रै नभएर हामी खर्बौँ रकमको योजनामा छौँ, यसले सार्थकता पाउँछ,’ महतोले भने । ०७५ चैतमा भएको लगानी सम्मेलनमा १० अर्बको लगानी भित्र्याउने योजना गरी गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहमति भएको थियो । सोहीअनुसार कम्पनी दर्ता गरेर काम अघि बढाइएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । साना तथा ठूला सबै लगानीकर्तालाई नेपालको विकासमा योगदान दिने उद्देश्यका साथ सुरु भएको कोषले लगानीसँगै ज्ञान, सीप पनि ल्याउने उनले बताए ।
कोषको औपचारिक घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले राम्रा आयोजनामा लगानी गर्ने, लगानीको प्रतिफल आउने, सरकारलाई पनि फाइदा हुने अवस्था सिर्जना हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘कोष स्थापनाका लागि हामी सफल भएका छौँ, तर अब नयाँ चुनौती खडा भएको छ । छरिएको पुँजी संगठित मात्र होइन, ज्ञान, पुँजी र कल्चर पनि आउँछ भन्ने जुन कुरा छ, त्यो कायम रहोस् ।’
उनले बैंकिङभन्दा अर्को च्यानलबाट लगानी आउन नहुने र राष्ट्रिय प्राथमिकतामा हुनुपर्ने बताए । दुई पक्षबीचमा लगानी गर्नका लागि एउटा कोष बनेकाले लगानी आउने प्रक्रिया निरन्तर हुने आशा अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । ‘यसले धेरै ठाउँमा लगानी गर्न सक्छ, धेरै पक्षमा अध्ययन गर्छ, परियोजना अध्ययन गर्छ, विदेशी लगानीका सम्बन्धमा लगानी बहुक्षेत्र हो,’ ढुंगानाले भने । यसले प्रत्यक्ष लगानी नगर्ने यो होल्डिङ कम्पनीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।