image
image
राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, लक्ष्यमा पुग्न सकेन सरकार

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, लक्ष्यमा पुग्न सकेन सरकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व संकलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्यांकले देखाएको छ ।

अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।