image
image

 आजदेखि १७ करोड लिटर पानि वितरण सुरु

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले आजदेखि दैनिक १७ करोड लिटर पानी पूर्ण क्षमतामा प्रणालीमा आपूर्ति सुरु गरेको छ ।खानेपानी सचिव माधब बेल्बासेले सुरुङबाट ल्याइएको पानी पूर्ण क्षमतामा थोक वितरण प्रणालीलाई आपूर्ति सुरु गरेको बताए । दैनिक चार करोड लिटरबाट पानी छाड्न सुरु गरिएको आज १७ करोड लिटर नै पु¥याइएको छ ।

१७ करोड लिटर पानी छाडेपछि खानेपानी वितरण प्रणालीमा खासै समस्या नरहेको पनि उनले बताए । यसबाट उपभोक्ताको घरमा पानी आपूर्ति थप वृद्धि हुने उल्लेख गर्दै सचिव बेल्बासेले भने , ‘कतिपय ठाउँमा पाइप प्रणाली पुरानो, सानो तर बस्ती ठूलो छ, त्यस्तो क्षेत्रको पुछारतिर अझै पानी पुगेको छैन ।’

पानी आपूर्तिको गुणस्तर बढाउन सरोकारवाला निकायहरुसँग भोलि बैठक बस्ने जानकारी उनले दिए । मेलम्चीको पानी चक्रपथको चारैतिर थोक वितरण प्रणाली राखिएका छन् । प्रणालीमा कदाचित् पानी आपूर्तिमा समस्या भए विकल्पका रुपमा दुईवटा बाइपास प्रणाली राखिएको छ ।

यस्तो बाइपास प्रणाली गौशाला चोकबाट पुरानो बानेश्वर, माइतीघर हुँदै एकान्तकुनासम्म र अर्को बालाजु चोकबाट माइतीघर हुँदैन नयाँबानेश्वर–कोटेश्वरसम्म छ । गत चैत १५ गते मेलम्चीको पानी दैनिक ४ करोड लिटरका दरले पहिलोपटक छाडिएको थियो । आयोजनाले परीक्षण गर्दै वितरण गर्दै आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।