image
image

विमानस्थलबाट २४ लाख नगदसहित १ जना पक्राउ

काठमाडौँ। त्रिभुवन विमानस्थलबाट प्रहरीले २४ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन् ।

आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताएका हुन् ।

सो रकमको स्रोत खुलाउन नसकेपछि बस्नेलाई प्रहरीले आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।