भारतको राजधानीमा एक साताका लागि लकडाउन घोषणा
काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषण गरिएको छ । पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या अचाक्ली रुपमा बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।
लकडाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ ।’ उनले लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान आग्रह गरेका छन् ।
मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो । एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’ लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।