image
image

पहिलो घण्टा  ०.५६५ ले घटेर २६८४.४२ विन्दुमा नेप्से

काठमाडौँ। पहिलो घण्टामा नेप्से परिसूचक १५।०९ अंकले घटेर २ हजार ६८४.४२ विन्दुमा पुगेको छ । २ हजार ७१६.२४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.५६ प्रतिशतले घटेको हो ।

पहिलो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको १८ हजार ४५७ पटकको कारोबारमा २७ लाख ४६ हजार ३०४ कित्ता शेयरको रू १ अर्ब ६४ करोड ६२ लाख ८७ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९।९८ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूय रू। ६८३ कायम भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। १५ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ३ हजार ९८५ मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।