image
image
२१.२७ अंकले बढ्यो सेयर बजार, ६ अर्बको उच्च कारोबार

२१.२७ अंकले बढ्यो सेयर बजार, ६ अर्बको उच्च कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयरबजारमा उत्साह छाएको छ। कारोबार मापन गर्ने नेप्से सूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको हो नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम पनि उच्च छ।

१ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर बिक्री हुँदा कारोबार रकम नै ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

आज ८२ कम्पनीको मूल्य घटे पनि १५० वटाको सेयर मूल्य बढेको छ। १५ वटाको भने अघिल्लो कारोबार मूल्यमै कारोबार भएको छ।

सेयरबजार बढेको दिन लगानीकर्ताले ५.२५ प्रतिशतसम्मको मात्र प्रतिसेयर आम्दानी गरेका छन्। आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरे पनि अन्य लगानीकर्ताले ६.६२ प्रतिशतसम्म गुमाएका छन्।

कारोबारतर्फ सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ७१ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड ८७ लाख, गुडविल फाइनान्सको ११ करोड ५९ लाखको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।