image
image
वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर अधिकारी

वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय पहुँचलाई बढवा दिनका लागि आवश्यक पहलकदमी लिइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले वित्तीय पहुँचलाई बढवा दिने कुरालाई एजेण्डाका रुपमा अगाडि बढाउन खोजिरहेको बताए । 

उनले भने,‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ । हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौ । वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौं ।’

उनले पहिला भन्दा अहिले कृषि पेसालाई हेर्ने नजरमा धेरै नै सकारात्मक परिवर्तन आएको बताए । पहिले कृषि पेसामा छु भन्दा गिज्याउने प्रवृत्ति रहेको भएता पनि अहिले आधुनिक कृषिमा संलग्न छु भन्दा छुट्टै खालको सम्मान प्राप्त गर्न सक्ने अवस्था बनेको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।