image
image

चन्द्रागिरी हिल्सद्वारा वित्तीय विवरण सार्वजनिक

काठमाडौँ। कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा  व्यहोरेको हो ।

गत आवको यसै अवधिमा २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानीमा रहेको कम्पनीको घाटा कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञा र लकडडाउनका कारण गत आवको तुलनामा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो ।

सर्वसाधारणमा १५ लाख ३४ हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । तर आम्दानी सुक्दा कम्पनीको वित्तीय अवस्था भने कमजोर देखिएको हो ।

गत आवको तेस्रो त्रैमासमा ४१ करोड २२ लाख ११ हजार रुपैयाँ सञ्चालन आय रहेको कम्पनीको समीक्षा अवधिमा २३ करोड ७९ लाख रुपैयाँ घटेर १७ करोड ४२ लाख २० हजारमा संक्चित भएको छ । वित्तीय विवरण अनुसार केबलकारमा औषतमा दैनिक १ हजार ४०० आगन्तुकले भ्रमण गर्ने गरेको र चन्द्रागिरी हिल्स रिसोर्टमा औषत अक्युपेन्सी ४० प्रतिशत रहेको उल्लेख छ ।

कम्पनीको सञ्चालन आम्दानी पनि १४ करोड २१ लाख रुपैयाँबाट घटेर २ करोड ८१ लाख ऋणात्मक बनेको छ । अन्य आम्दानी १ करोड ४८ लाखबाट १ करोड २७ लाख रुपैयाँ घटेर २१ लाख ३३ हजारमा झरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११।८१ रूपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी ५ करोठडड ४० लाखबाट बढेर ३२ करोड ८ लाख रूपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ ९५।९३ बाट ७९।०९ रूपैयाँमा झरेको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।