image
image

१ हजार ३ सय ६४ प्रतिशतले बढ्यो कालिका लघुबित्तको खुद मुनाफा

काठमाडौँ। कालिका लघुबित्त वित्तिय संस्था लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सोमबार सार्वजनिक भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

उक्त मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३ सय ६४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्षको सोहि अवधिमा ८९।१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ ।

साथै कम्पनीको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६३ लाख ६३ लाख रहेको थियो ।

कम्पनीको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैया २ पैसा रहेकोमा अहिले बृद्धि भएर ३१ रुपैयाँ ७५ पैसा पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।