image
image

नेपाली बजारमा एसवाईएम ब्रान्ड फेरि भित्रिने

काठमाडौँ। नेपाली बजारमा एसवाईएम ब्रान्ड फेरि भित्रिने भएको छ । केजी इन्टरनेसनलले एसवाईएमको डर्ट बाइक एनएचटी २०० भित्र्याउने भएको छ ।  सो बाइक नेपाली बजारमा एक महिना भित्रै उपलब्ध गराइसक्ने कम्पनीको भनाइ छ ।

यो बाइकमा युरो फोर, १८३ सीसी फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३।५ किलोवाट पावर र ७५०० आरपीएममा १५।७ एनएम टर्क जेनेरेट गर्छ । इलेक्ट्रिक फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।

६–स्पिड गियरबक्समा उपलब्ध सो बाइकको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ । सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । सुविधायुक्त सिट, एलसीडी डिस्प्ले, फ्रन्ट तथा रियर डिस्क ब्रेक, रोबस्ट च्यासिस तथा फुल एलईडी लाइट रहेको सो बाइकको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।

अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चर कलेक्सन हो । अगाडिको भिजिबिलिटी क्लियर देखिनका लागि यसमा भएको केही अपराइट राइडिङ पोस्चरले सहयोग गर्छ । त्यसैगरी बाइकमा भएको पेरिमिटर फ्रेम, सेन्टर सस्पेन्सन र सीबीएस सहितको फ्रन्ट तथा रियर डिस्क ब्रेकले आउटस्ट्यान्डिङ ह्यान्डलिङमा सहयोग गर्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।