image
image

नेप्से झन्डै ३६ अङ्कले घट्यो

काठमाडौँ। हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३६ अङ्कले घटेको छ । कारोबार भएका सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३५ दशमलव ८९ अङ्कले घटेर २६ सय ९९ दशमलव ५१ विन्दुमा झरेको छ ।

आइतवार बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, व्यापारको एक सय २५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अङ्कले, जलविद्युतको ३२,  फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको एक सय ११, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अङ्कले घटेको छ ।

आइतवार दुई सय सात कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर आठ अर्ब ८० करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको  छ ।

आइतवार गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।