भारतबाट फर्किएका पुर्वराजालाई स्वागतका लागि विमानस्थलमा राजावादीको भीड
काठमाडौँ। पुर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए ।
कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाहसहित भारत गएका थिए ।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी कुम्भमेलामा सहभागी हुन् हरिद्वार पुगेका हुन् । शाह दिल्लीमा समेत केही दिन बसेका थिए ।