साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट
काठमाडौँ। साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ ।
केही समययता निरन्तर उकालो लाग्ने क्रममा रहेको शेयर बजार परिसूचक नेप्से आइतवार ३५।८९ अंकले घटेर २६ सय ९९।५१ बिन्दुमा कायम भएको छ ।
आज म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।
गुडविल फाइनान्स, कर्णाली विकास बैंक, सांग्रिला विकास बैंक लगायतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स, दिव्येश्वरी हाइड्रो र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
आइतवार कारोवारमा भने सबैभन्दा अगाडि एभरेस्ट बैंक रह्यो ।