image
image
हुन्डाईले सार्वजनिक गर्यो अल न्यू इलेक्ट्रिक मोडलसहित इन्स्टर

हुन्डाईले सार्वजनिक गर्यो अल न्यू इलेक्ट्रिक मोडलसहित इन्स्टर

 

काठमाडौं । हुन्डाईले अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्वजनिक गरेको छ । सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती यो नयाँ ईभी ब्रान्डको विद्युतीय गाडी हुने बताइएको छ ।

नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ । साथै यसको ह्विलवेश २५८० र बुट स्पेस २८० लिटर छ ।

क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको सो ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डिआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल राखिएको छ । अगाडि एएएस सेन्सरहरू, चार्जिङ पोर्ट र हेडल्याम्प यूनिटको बीचमा क्यामेरा उपलब्ध छ ।

कारको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुईवटा स्क्रिन राखिएको छ । जसले डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्नेछ । साथै यसमा अटो क्लाइमेट कन्ट्रोल, मल्टि–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिटहरू, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र फुल एडास सुइट समावेश गरिएको छ ।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।