image
image
प्रभु बैंकका कर्मचारीलाई हरीसिद्धिको नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

प्रभु बैंकका कर्मचारीलाई हरीसिद्धिको नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

काठमाडौं ।प्रभु बैँकका कर्मचारीहरुलाई ललितपुरको हरीसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विशेष छुट दिने भएको छ । हस्पिटलसँग प्रभु बैंकले हालै एक समारोहबीच छुट सम्बन्धी सम्झौता गरेको हो ।

प्रभु बैंकका तर्फबाट वागमती प्रदेश शाखा प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरुले कार्यालयको परिचयपत्रका आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

हस्ताक्षर समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका विशेषज्ञ डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सर विशेषज्ञ डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए । साथै समारोहमा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।