image
image

बिमा कम्पनिले ८ अर्बको लगानी उठाउन निर्देशन


काठमाडौँ। जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ ।

मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ ।

अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ समितिका उप(निर्देशक ध्रुब तिमल्सिनाले हस्ताक्षर क्षर गरेको पत्रमा भनिएको छ ।

यो कार्य तत्कालै रोक्न र लगानी भएका कर्जा समेत तत्कालै उठाउन निर्देशन समेत समितिले दिएको छ । समिति श्रोतले दिएको जानकारी अनुसार जीवन बिमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ भन्दा धेरै यस्तो कर्जा लगानी गरेका छन् । समितिले ३ महिनाभित्रै यस्तो कर्जा फरफारक गर्न निर्देशन समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।