image
image

बादलको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

काठमाडौँ। राष्ट्रिय सभा सदस्यबाट आज पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलको सांसद पद रिक्त गरेका थिए। सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वत रिक्त भएको छ।

बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए।

तर उनलाई आज अपरान्ह ५ बजे गृहमन्त्रीमा पुनस्सपथ खुवाउने कार्यक्रम छ।

बादल नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए। उनलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ मा केन्द्रीय सदस्य बनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।