आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि
काठमाडौँ । आन्तरिक राजश्वविभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केहीमहिनामा राजश्व संकलनमा वृद्धि भएको हो ।चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गतवर्ष सोहीअवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मआन्तरिक राजश्वविभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ ।
यो गतवर्षको सोहीअवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गतवर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गतवर्षभन्दाचालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजश्व संकलनमा वृद्धि भएको विभागकामहानिर्देशकशिवलालतिवारीले जानकारी दिए ।
आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्यअभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलनभएको छ । महानिर्देशकतिवारीकाअनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजश्व उठेको छ ।
हालसम्मकूललक्ष्यमा राजश्व असुली७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिममहिनाअसार अन्तिमसम्मलक्ष्य भेट्ने गरी राजश्व संकलनमातीव्रतादिइने तिवारीले बताए ।अर्थमन्त्रीवर्षमानपुनअनन्तले राजश्व संकलनमातीव्रतादिननिर्देशनदिएअनुसार विभाग सक्रियभएको तिवारीले बताए । गतवर्षको सोहीअवधिको तुलनामा राजश्व संकलनमा वृद्धि भएपनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षीलक्ष्यभने भेट्न सकेको छैन ।
राजश्व संकलनमा करदाताकार्यालयहरुमध्येको ठूला करदाताकार्यालयको योगदानकरिब ४० प्रतिशत छ । यो कार्यालयले १खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाताकार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाताकार्यालयले कर उठाउँछ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् ।
कोरोना महामारीसहितविविध कारणले केहीवर्षयता अर्थतन्त्रमाआएको सुस्तताका कारण राजश्व संकलनमाकमीआएपनिचालु आबको पछिल्लो अवधिमा अर्थतन्त्रमाआएको सुधारका कारण राजश्व संकलनमा वृद्धि भएको महानिर्देशकतिवारी बताउँछन् । यस्तै अन्तशुल्कमा बढाइएको निगरानी, धितोपत्रबजार र घरजग्गाव्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगतखर्च बढाएका कारण पनि राजश्व संकलनमा सकारात्मकप्रभाव परेको उनले जनाए ।
तत्कालीनअर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०–०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजश्व वृद्धिको लक्ष्यनिर्धारण गरेका थिए । कूललक्ष्यमध्ये कर प्रशासनकाप्रमुखदुई निकायआन्तरिक राजश्वविभाग र भन्सार विभागलाई ५०÷५० प्रतिशत राजश्वको लक्ष्यदिइएको हुन्छ ।
लक्ष्यअनुसार राजश्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा.महतले १२ खर्ब २ अर्बको लक्ष्यनिर्धारण गरेका थिए । तर, आर्थिक वर्षको अन्तिममहिनासम्मलक्ष्यभन्दा धेरै कमअर्थात १० प्रतिशतहाराहारी मात्र राजश्व संकलनहुन सकेको छ । अपेक्षित रुपमा राजश्व संकलनहुननसक्दाबाह्य सूचकको तुलनामामुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।









