image
image

नेपालमा पहिलोपटक ७६ करोडमा योग सेवा केन्द्र बन्दै 

काठमाडौँ। नेपालमै पहिलोपटक ठूलो लगानीमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र निर्माण हुने भएको छ । प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सरकारले पहिलोपटक काठमाडौंको बूढानीलकण्ठमा ठूलो योग सेवा केन्द्र निर्माण गर्न लागेको हो । योग सेवा केन्द्र निर्माणको डिजाइन कार्य सकेर ठेक्का आह्वानसमेत भई मूल्याङ्नको प्रक्रियामा छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्न लागेको भवनको लागत अनुमान ७६ हजार ४३ लाख रुपियाँ रहेको छ । विभागको संघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख मच्चाकाजी महर्जनका अनुसार साढे दुई वर्षभित्र योग सेवा केन्द्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।१२ रोपनी ४ आना क्षेत्रफलमा निर्माण हुन लागेको ४ तले भवन सर्वसाधारण र विशिष्टका लागि दुईवटा छुट्टाछुट्टै हुनेछ । भवनमा पञ्चकर्मसम्बन्धी कोठाहरू पनि रहने बताइएको छ ।

पञ्चकर्म शरीरको शुद्धीकरण गर्ने एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि हो । आयुर्वेदको विशिष्ट चिकित्सा पद्धतिका रूपमा चिनिने यस पद्धतिमा वमन, विरेचन, नास्य, वस्ती, रक्तमोक्षण गरी पाँच चिकित्सा विधिको समिश्रण रहेको हुन्छ । भवनभित्र आयुर्वेद औषधोपचारको व्यवस्था पनि हुनेछ ।

भवन निर्माण विभाग, स्वास्थ्य भवन शाखाका प्रमुख सुरोज पौडेलले सरकारको लगानीमा निर्माण हुन लागेको यो पहिलो योग सेवा केन्द्र भएको बताउनुभयो । उहाँले योग सेवा केन्द्रमा विशिष्टि व्यक्तिहरूका लागि आवासीय कक्षको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।विभागका महानिर्देशक नवराज प्याकुरेलले प्राकृतिक चिकित्साले नागरिकलाई निरोगी बन्न मद्दत गर्ने भएकाले सरकारले योग सेवा केन्द्रको भवन निर्माण गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउने अभियानमा योग सेवा केन्द्रले एउटा इँट्टा थप्ने काम गर्नेछ ।’ महानिर्देशक प्याकुरेलले सरकारले आगामी दिनमा काठमाडौंमा मात्र नभई अन्य जिल्लाहरूमा पनि योग सेवा केन्द्र निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।