image
image

बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा

काठमाडौं. कामना सेवा विकास बैंक लिमिटेडले खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आइतबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको यसै अवधिको तुलनामा १७२ प्रतिशतले खुद नाफा बढाएको हो । 

नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.९१६ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११४.३५ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात १ प्रतिशत, आधार दर ८.८५, स्प्रेडरेट ४.९५ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकले ३८ करोड ८८ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । चैत मसान्तसम्म बैंकले ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारको तुलनामा बैंकको निक्षेप २३ प्रतिशतले बढ्दा कर्जा लगानी ४१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७६ लाख पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४२ लाख ८८ हजार बढेर ३ करोड ६९ लाख १० हजार तथा गैह्र व्यवसायीक आम्दानी २३ करोड ८१ लाख बढेर २३ करोड ९६ लाख पुगेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।