image
image

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता: अर्थमन्त्री

काठमाडौँ - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उनले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले भने, “हरेक क्षेत्रमा सञ्चार क्षेत्रको महत्व बढेर गएको छ, शिक्षा, स्वास्थ्यलगायत देशको आर्थिक विकासमा यसको उत्तिकै महत्व छ, तर देशको आर्थिक वृद्धिमा टेलिकम क्षेत्रको भूमिका र यसले पु¥याएको योगदानबारे तथ्यका लागि अध्ययन गर्नुपर्ने छ ।” आजको दुनियाँमा आइसिटीको क्षेत्र फराकिलो भइरहेको सन्दर्भमा सरकार ‘डिजिटल नेपाल’ फ्रेमवर्कअनुसार नै अगाडि बढिरहेको उनको भनाइ छ । उनले सरकारले मानव जीवन सुरक्षाका निम्ति महामारीका रूपमा रहेको कोरोना भाइरसविरुद्ध तीव्ररूपमा काम गरिहेको पनि बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आइसिटी समग्र विकाससँग जोडिने भएकाले पनि सो क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने गरी प्राधिकरण प्रत्येक नागरिकसम्म इन्टरनेट पहुँच पु¥याउन तीव्रगतिमा काम गरिरहेको जानकारी दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम खनालले ग्रामीण क्षेत्रमा देखिएको नेटवर्कलगायत टेलिकमसँग जोडिएका विविध समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने बताए । सेजनका अध्यक्ष भीम गौतमले आइसिटी क्षेत्र देशको आर्थिकसँग जोडिएको हुँदा त्यस क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।