image
image

स्टार्टअपहरूबाट आवेदन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरशिप सहयोग सहित महासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूबाट आवेदन माग गरेको छ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ ।

समितिले चैत ९ गते एक कार्यक्रम गरी उक्त विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आबद्ध रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी सहकार्यका लागि समितिले सहजीकरण गर्ने बताइएको छ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन आह्वान गरिएको जानकारी समितिले दिएको छ ।

समितिका अनुसार एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा आएका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् । ‘आफ्नो व्यवसायमा शीप, ज्ञानको आधार र दृढ प्रतिबद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन्,’ समितिद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।