निगमलाई १५ दिनमै ८० करोडको नोक्सान हुने प्रक्षेपण
काठमाडौँ ०४ वैशाख। अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा कम गर्न चुनौती थिपिएको छ ।
पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब ४१८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। आइओसीले प्रत्येक अंग्रेजी महीनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ।
त्यस्तै पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड पुग्ने निगमको प्रक्षेपण छ। पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ६० करोड घाटा पुग्ने अनुमान गरिएको छ।
डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टीतेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ। मट्टीतेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा ओगट्न सकेको छैन। गत मार्च महिनामा ६० हजार किलोलिटर पेट्रोल, दुई लाख तीन हजार लिटर डिजेल र ४७ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो।
निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ। सोहीअनुसार निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने थियो। तर निगमले मूल्य समायोजनको निर्णय गरिसकेको छैन।
निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो। त्यतिबेला निगमले पेट्रोल, डिजेल÷मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको थियो। अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०३ रहेको छ।
नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ। भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३०.४७ रुपैयाँ र डिजल प्रतिलिटर ३६.६३ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ।भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा चोरीतस्करी गरी इन्धन भारततर्फ लैजाने गरेको पाइएको छ। इन्धन चोरी तस्करी रोक्न निगमले कडाइ गरेको छ।