image
image

यो साता नेप्सेमा तोडियो रेकर्ड,  ६१ अंकले बढ्यो 

काठमाडौँ ०४ वैशाख । नेप्सेमा यो साता अलटाइम हाई रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको छ । यो साता तीन दिन मात्रै कारोबारमा आएपनि नयाँ रेकर्ड कायम हुन सफल भएको छ ।

यो साता नेप्से २७३५.३९ विन्दुमा पुगेको छ । यस साता समग्रमा २.२८ प्रतिशत अर्थात ६१.०४ अंकले बढेको हो। यस साता सेन्सेटिभ इण्डेक्स १५.९३ अंकले  बढेको छ भने फ्लोट इण्डेक्स ५.२१ अंकले  र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४८ अंकले  बढेको छ।

तीन कारोबार दिनमात्र बजार खुलेकोले यस साताको कुल कारोबार रकम गत साताको तुलनामा घटेको छ। यद्यपि, दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा बढेको छ। यस साता २ लाख ५२ हजार ७९० पटकको कारोबारमा २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ४ करोड ७५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै यो साता दैनिक औषतमा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।