image
image

सुर्तीजन्य पदार्थमा राजस्व बढाउन सुझाव 

काठमाडौँ ०४ वैशाख । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन  नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताए । 

राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पुर्याउनु पर्ने कुरामा जोड दिए । 

 कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई  नियन्त्रण गर्न सकिने धारणा राखे ।  सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उनको भनाइ थियो ।त्यस्तै कूल राजस्वको पाँच प्रतिशत सुर्तीजन्य पदार्थबाट उठ्ने तथा वार्षिक रु १८ अर्ब राजस्व सुर्तीजन्य पर्दाथबाट सङ्कलन हुने गरेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।