स्वास्थ्य बीमा गर्ने जिल्ला बढेपनि बढेनन् सहभागी
काठमाडौँ ०४ वैशाख । पाँच वर्षअघि कैलाली जिल्ला बाट शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । ७५ ओटै जिल्लामा पुगेपनि हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
पूरा पैसा तिरेर स्वास्थ्य बीमामा सहभागी हुनेमा २७ लाख ४० हजार २०० जना अर्थात् ९.४० प्रतिशतमात्रै छन् । बीमामा सहभागीमध्ये सरकारले अति गरिब ३.४४ प्रतिशत नागरिकको पैसा तिरेर स्वास्थ्य बीमा गरिदिएको छ । बीमितमध्ये ७० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् । त्यस्तै स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेको छैन ।