image
image

सुनको कोटा अपुग भएको व्यवसायीको गुनासो

काठमाडौँ ०४ वैशाख । नेपाल राष्ट्र बैंकले व्यवसायीको दबाव पछि  केही हप्ताअघि सुनको कोटा दैनिक १० किलोबाट बढाएर २० पुर्याएकी थियो । तर, राष्ट्र बैंकले तोकेको यो कोटामा व्यवसायी आझै खुसी नभएको गुनासो गरिरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिक रत्न शाक्यले राष्ट्र बैंकले कोटा बढाएको भएपनि व्यवसायीका लागि पर्याप्त नभएको बताएका छन् । हाल बजारमा दैनिक ४५ किलोसम्म सुनको माग रहेकाले यो कोटा पर्याप्त नभएको बताएका छन् ।

राष्ट्र बैंकको सुन वितरण कार्यविधि अनुसार उपत्यका बाहिर र उपत्यका भित्र आयातित कोटा सुन ५०/५० प्रतिशत वितरण हुन्छ । सो ५० प्रतिशत सुनमध्ये त्यसको ५० प्रतिशत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउँछन् भने बाँकी ४० प्रतिशत नेपाल रत्न आभूषण महासंघ र कला व्यवसायी संघले पाउँछन् भने बाँकी १० प्रतिशत हस्तकला महासंघले पाउने व्यवस्था छ ।         
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।