image
image
व्यापार भुक्तानीहरूमा सहज गर्न नेपाल एसबिआई बैङ्क र इसेवा लिमिटेडबिच सम्झौता

व्यापार भुक्तानीहरूमा सहज गर्न नेपाल एसबिआई बैङ्क र इसेवा लिमिटेडबिच सम्झौता

काठमाडौं । काठमाडौँ नेपाल एसबिआई बैङ्क लिमिटेड र इसेवा लिमिटेडबिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउनेछ ।

उक्त सम्झौता पत्र बैङ्कका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैङ्कका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवा लि। का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, जगदिस खड्काले हस्ताक्षर गरेका थिए । 

उक्त कार्यक्रममा बैङ्कका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सूनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रब्द्धन अधिकृत रितेश अर्याल र इसेवा लि। का प्रमूख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । 

हाल यस बैङ्कले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।