image
image

 नेपालगञ्जको माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा शुरु

काठमाडौँ। माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा   क्यू।आर।कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यू।आर।कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेको हो ।

उक्त कार्यक्रममा बाल्दै गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा बैंकले सुरु गरेको क्यू।आर।कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताएका छन्। उनले क्यू।आर।कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने बताए । 

यसैगरी, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यू।आर।कोड सेवा शुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

बैंकका अध्यक्ष डा। वीरेन्द्र प्रसाद महतोले पवित्र धार्मिक स्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यू।आर। कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यू।आर।कोड बारेमा जानकारी गराए ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।