भाइरल भयो पिपलबोटको डोको बजार
काठमाडौँ। यतिबेला सामाजिक सञ्जालमा डोको बजार भाइरल छ । काठमाडौं न्यूरोड, चितवनलगायत विभिन्न ठाउँका अम्ब्रेला स्ट्रिटु पछि अब भाइरल हुने पालो डोको बजारको देखिएको छ।
बौद्ध पिपलबोट बजारलाई टिकटक जस्ता सामाजिक सञ्जालमा डोको बजार भनेर चिनिन थालिएको हो । झन्डै एक हप्ताअघि मात्रै बजार संस्थापक र व्यापारीहरूले यहाँको बजारमाथि डोको झुन्ड्याएका हुन्।
बौद्ध पिपलबोट बजारका संस्थापक एवं व्यवस्थापक भूपाल लामाका अनुसार विभिन्न छाता स्ट्रिटहरूबाटै हामी पनि प्रेरित भएर बजार विस्तारका लागि यो अवधारण भित्र्याएका हुन्। बजार क्षेत्र माथि रंगीविरंगी डोको झुन्ड्याइएको छ। झन्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको यो बजारमाथि ४ सय ४० डोका झुन्ड्याइएका छन्।
बजारमा ६० भन्दा बढी सटरहरू छन्। तीमध्ये झन्डै ४० वटा सटरमा व्यवसाय चलिरहेको छ। बाँकी सटर लकडाउनपछि बन्द भए। बजारमाथि झुन्ड्याइएका डोका बजारकै एक व्यापारी देवीबहादुर अधिकारीको गाउँ मन्थली नगरपालिका, रामेछापबाट ल्याइएका हुन्। प्रति डोको एक सय तीस रूपैयाँ परेको उनी बताउँछन्।
दीर्घकालीन अर्थात् पिपलबोटका व्यवसायीले आजको आजै व्यापार बढ्ने सपना देखेका छैनन्। हाल उनीहरू आफ्नो बजार चिनाउन यो तरिका अपनाएको बताउँछन्।
बजारमा प्रायः डोकोमुनि फोटो खिच्न, भिडिओ बनाउन र टिकटक बनाउन आइरहेका छन्। तर यसैले गर्दा ठूलो जमातमा बजार चिनिन थालेको छ। बजारमाथि डोको झुन्ड्याउनुको मुख्य उद्देश्य यही हो उनले भने।
बजारको एक कुनामा तीन वर्षदेखि बच्चाको लुगा व्यवसाय गर्दै आएकी सरू लामा बजारमा डोको राखेदेखि पसलमा ग्राहक बढेको बताउँदै भन्छिन्, ुपहिलेको तुलनामा पसलमा आउने ग्राहक संख्या बढेको छ। हाम्रो पसल अलि भित्र भएकाले ग्राहक त्यति हुन्थेनन्। अहिले डोको हेर्दै, घुम्दै हाम्रो पसलसम्म आइपुग्नेहरू छन्।ु
डोको राख्न बजारभित्रका हरेक व्यवासयीले लगानी गरेका छन्। बजारको भित्री कुनामा भएका सटर व्यवसायीले १५ सय, मध्य भागतिर भएकाले दुई हजार र बाहिर प्रवेशद्वारबाट देखिने पसलले २५ सयसम्म लगानी गरेका छन्। बजार संस्थापक भूपालका अनुसार अहिलेसम्म डोको बजार बनाउन लागेको कुल खर्च झन्डै डेढ लाख पुगेको छ।
यही वैशाख १ गते नयाँ वर्ष अवसरमा बौद्ध पिपलबोट बजारलाई डोको बजार भनेर चिनाउने योजना थियो। तर सो मितिभन्दा अघिदेखि नै टिकटक र सामाजिक सञ्जालमा बजार भाइरल भयो।