भन्सार प्रतिनिधिकै मिलिमतोमा करोडौंको ठगी
काठमाडौँ ०३ वैशाख । भन्सार प्रतिनिधिकै मिलिमतोमा करोडौंको ठगी गरिएको पाईएको छ । धुनुषाका जय पशुपति इम्पेक्सले भन्सार प्रतिनिधि सुरेन्द्र बहादुरको मिलेमतोमा एक करोड १३ लाख ५ हजार ठगी गरेको खुलेको हो । जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दास सहित पाँच जनाले राजस्व ठगी गरेका हुन् ।
ठगीको आरोपमा राजस्व अनुसन्धान विभागले धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बाङ्गेमुढा बस्ने दाससहित पाँच जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर पनि गरेको छ ।
उनीहरुले भारतीय ट्रकमा सिसोको खाली बोतल लोड गरी सो बोतलमाथि लुकाइछिपाई पोते ल्याएको विभागको आरोप छ । विभागका अनुसार भन्सार राजस्व चुहावट ऐन २०५२ को दफा २ को (छ१) बमोजिम भन्सार ११ लाख ३५ हजार ८८७ मूल्य अभिवृद्धि कर ४६ लाख ७३ हजार २०४ रुपैयाँ र आयकर ५४ लाख ८६ हजार ४२३ रुपैयाँ गरी कुल बिगो एक करोड १३ लाख ५ हजार १४ रुपैयाँ कायम गरी बिहीबार मुद्दा दायर गरिएको हो ।