पाकिस्तानले लगायो सामाजिक सञ्जालमा प्रतिबन्ध
काठमाडौँ ०३ वैशाख । पाकिस्तानमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सरकारले अस्थायी रुपमा सामाजिक सञ्जाल वेबसाइटहरू फेसबूक, ट्विटर, यूट्युब र टेलिग्राममा प्रतिबन्ध लगाइएको हो ।
देशमा तहरीक–ए–लब्बैक नामक संस्थाले फ्रान्सेली पत्रिकामा पैगम्बर मोहम्मदको कार्टून छापिएकोमा विरोध गर्दै प्रदर्शन गरिरहेको बेलामा सामाजिक सञ्जाल ब्लक गरिएको हो । गृह मन्त्रालयले पाकिस्तान टेलिकम अथोरिटीलाई ती सामाजिक सञ्जालमाथि अस्थायी रोक लगाउन आदेश दिएसँगै प्रतिबन्ध घोषणा गरिएको हो ।