image
image

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा ३ बैशाख । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डडेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार डडेलोले करीब २५ हेक्टर वनजङ्गल नोक्सान गरेको छ । रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु, कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वनजङ्गल डडेलोको चपेटामा परेको बताइएको छ ।

शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयामको हावाको निरन्तरता, बढी मात्रामा भिरपाखोजस्ता समस्याले डडेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग्निरेखा तथा फायर फाइटिङका माध्यमबाट ठूलो नोक्सानीलाई न्यूनीकरण गर्न कठिन भएको निकुञ्ज प्रशासन प्रयासरत रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रेञ्जर रमेश बस्नेतले बताए ।


डडेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदलगण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ । छयालिस प्रकारका स्तनधारी जनावर २५० प्रजातिका पक्षी भएको निकुञ्ज जङ्गलमा डडेलोको असरले केकति नोक्सान भए त्यसको लेखाजोखा भने हुन सकेको छैन ।

सलाई, लाइटरजस्ता आगोजन्य वस्तु सुरक्षित राख्न र चुरोट तथा तमाखुजस्ता धुमपान गरेको आगोको ठुटा जथाभावी नफ्याँक्न बारम्बार चेतनामूलक सन्देश प्रवाह भइरहे पनि जङ्गलमा डडेलो लगाउने बानी आजै हट्न नसक्दा बर्सेनि ठूलो मात्रामा वनजङ्गल नोक्सान हुँदै आएको छ ।

डडेलो लगाउने समस्या पुरानो रोग भए पनि यस्ता समस्या न्यूनीकरण गराउने कार्यमा भने कसूरदारलाई कारवाहीमा ल्याउन सकिएको छैन । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अलावा वन कार्यालय र सामुदायिक वन क्षेत्रका भूभागमा डडेलो लगाउने व्यक्ति खोज्न नसक्दा वर्षेनी यस्ता समस्याले विकराल रूप लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरक्षासँग सम्बन्धित निकायको अनुसन्धानबाट हरेक कुनाकुनाका घटना पत्ता लगाई कानूनी दायरामा ल्याउने गरिए तापनि डडेलो लगाउने व्यक्तिको पहिचान गर्ने संयन्त्र वनसँग सम्बन्धित निकायमा नदेखिएकाले अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आग्रह गर्नुपर्ने अवस्था आएको बुद्धिजीवीले बताएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।