प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान
जनकपुर ०३ वैशाख । प्रदेश सभा सचिवालय प्रदेश २ ले प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान गर्दै सूचना जारी गरेको छ ।उक्त सूचनामा प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।
सूचनामा नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन आह्वान गरिएको छ । यसअघि ४ चैत, २०७६ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको भएपनि दुई तिहाइ बहुमत नपुगेर अस्वीकृत भएको थियो ।