चिनियाँ खोप लगाउन भारतीय व्यापारी नेपालमा
काठमाडौँ। चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउन भारतीय नागरिकहरुसमेत नेपाल आएको पाइएपछि खोप वितरणमा कडाइ गरिएको छ । खोप लगाउन नेपाली नागरिकता आफनो साथमा हुुनुपर्ने व्यवस्था गरिएको छ ।
गएको बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नेपाल हुँदै चीन जान लागेका व्यापारीहरु खोप लगाउन पुगेपछि विवाद सिर्जना भएको थियो । मन्त्रालयसँगको समन्वयपछि विवाद समाधान भएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।
डा। राजभण्डारीले भने, “बुधबारअघि नेपाल हुँदै चीन जान लागेका केही भारतीय व्यापारीले खोप लिने प्रयास गरेका रहेछन्, बुधबार हामीले थाहा पाएपछि तुरुन्तै कडाइ गरेका छौँ । अहिले लक्षित वर्गबाहेक अन्यले खोप लिने चान्स नै छैन ।”
चीनले अफ्नो देश प्रवेश गर्न भेरोसेल खोप नै लगाउनुपर्ने नियम लागु गरेपछि नेपाल सरकारले गत चैत २५ गतेदेखि लक्षित वर्ग छुट्ट्याएर यो खोप दिन थालेको थियो ।
त्यसैगरी, सरकारले ४० देखि ५९ वर्षसम्मका नागरिकलाई उमेर खुल्ने परिचयपत्र तथा चालक र सहचालकलाई आबद्ध संघको परिचयपत्रका आधारमा वैशाख १ गतेदेखि यो खोप दिइरहेको छ । तर, केही दिनयता काठमाडौंका टेकु, सिभिल, केएमसीलगायत अस्पतालमा चीनमा बसेर व्यापार गर्ने भारतीय व्यापरीहरुसमेत खोप लिन पुगेपछि खोपको उपयोगिताबारे नियमन सुरु भएको थियो ।
भारतमा हालसम्म तीनवटा खोपले मात्रै आपत्कालीन प्रयोग अनुमति पाएका छन् । जसमा भारतमै उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन र रुसले विकास गरेको स्पुत्निक भी खोप छन् । त्यसैले पनि चीन जान चाहने भारतीय व्यापारी नेपालमा खोप लिन आएको अनुमान गरिएको छ ।
खड्काले भने, “यदि, कोही अकास्मिक या व्यावसायिक प्रयोजनका लागि परराष्ट्र मन्त्रालयबाट विशेष सिफारिस र आवश्यक कागजात पुर्याएर आउँछ भने खोप दिइन्छ । अन्यथा, नेपाली नागरिकबाहेक अन्यलाई खोप दिइने छैन ।”