image
image

भारतबाट फर्किएका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु

काटमाडौँ। भारतबाट फर्किएका कोरोना भाईरस संक्रमित सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका(१३ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७स्३५ बजे मृत्यु भएको हो । ओलीका अनुसार उनी एक हप्ता अघि मात्रै भारतबाट घर आएका थिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।