image
image

गत चैतमा सेनाद्धरा कोभिडका कारण मृत्यु भएका ४३ शव व्यावस्थापन

काठमाडौँ। नेपाली सेनाले गत चैत महिनामा मात्रै कोभिड संक्रमणका कारण मृत्यु भएका ४३ जनाको शव व्यवस्थापन गरेको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सर्वाधिक उपत्यका पृतनाले २९ वटा शव व्यावस्थापन गरेको बताए छन्।

उनका अनुसार पूर्वी पृतना र मध्यपूर्वी पृतनाले १र१ जना, पश्चिम पृतना र सुदूरपश्चिम पृतनाले २र२ जना, मध्य पृतनाले ३ र मध्यपश्चिम पृतनाले ५ वटा शवको व्यवस्थापन गरेको छ।

धर्म,संस्कृति तथा परम्पराको आधारमा हिन्दू ४० जना र बौद्ध धर्मावलम्बी ३ जनाको शव व्यवस्थापन सेनाले गरेको छ।

९ वटा शव गाडेको, २७ वटा विद्युतीय शवदाह गृहमा जलाएको र ७ वटा शव चितामा जलाएको प्रवक्ता पौडेलले बताए।

नेपाली सेनाले कोडिभ संक्रमणका कारण मृत्युवरण गरेकाहरूको शव व्यवस्थापन गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।