image
image

यी हुन् काभ्रेमा  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिएका विद्यालय 

काठमाडौँ ०३ वैशाख । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका अन्तर्गत देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट भएका छन् । उक्त कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौत गरि मापदण्डहरु समेत सार्वजनिक गरिएको छ ।

त्यस्तै कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।साथै छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि काभ्रेका ५४ विद्यालय छनौट गरेको छ ।काभ्रेमा सबैभन्दा बढि बनेपा नगरपालिकाका ११ वटा विद्यालय छानिए भने सबैभन्दा कम पनौती नगरपालिका र महाभारत गाउँपालिकामा १/१ विद्यालय छानिए । खानिखोला गाउँपालिकाका भने एउटा पनि विद्यालय छनौट भएन । मन्त्रालयले बनेपा नगरपालिकाको ११ वटा, धुलिखेल नगरपालिकामा ९ वटा, पाँचखाल नगरपालिकामा ६ वटा, मण्डनदेउपुर नगरपालिकामा ५ वटा, नमोबुद्ध नगरपालिकामा ३ वटा, पनौती नगरपालिकामा १ वटा, चौरी देउराली गाउँपालिकामा ३ वटा, तेमाल, बेथान र रोशीमा ४/४ वटा, भुम्लु गाउँपालिकामा ३ र महाभारत गाउँपालिकामा १ वटा विद्यालय छनौट भए ।

छनौट भएका विद्यालयहरुमा धुलिखेल नगरपालिकाका सञ्जीवनी मावि, कालीदेवी मावि, बालज्योति मावि, सरस्वती मावि, पूर्ण सञ्जीवनी मावि, हनुमान मावि, सेतीदेवी मावि, शंखेश्वर मावि र श्रीखण्डपुर मावि गरी ९ वटा विद्यालय छनौट भए । त्यस्तै पाँचखाल नगरपालिकामा भगवती मावि, भक्रमदेवी मावि, जनता मावि, पलाञ्चोक मावि, राम मावि र बालप्रतिभा आधारभूत मावि गरी ६ वटा, नमोबुद्ध नगरपालिकाको श्रीराम मावि, कृष्ण मावि र कान्पुर मावि गरी ३ वटा, पनौती नगरपालिकामा भालेश्वर मावि छनौट भए ।

त्यस्तै बनेपा नगरपालिकामा चैतन्य मावि, चण्डेश्वरी मावि, शिक्षासदन मावि, श्वेतबराह मावि, हिमालय मावि, आजाद मावि, महेन्द्र मावि, सरस्वती प्रावि, आदर्श वाल विकास केन्द्र, काभ्रे बहिरा विद्यालय र पोर्टेज विशेष विद्यालय गरी ११ वटा, मण्डनदेपुर नगरपालिकामा महाकाली मावि, विन्ध्यवासिनी मावि, पञ्चकन्या आधारभूत विद्यालय, बाग्देवी मावि र चण्डेनी मावि गरी ५ वटा, कात्तिकेदेउराली गाउँपालिकामा प्रभा मावि, सरस्वती मावि, बुद्धहिमालय मावि गरी ३ वटा, तेमाल गाउँपालिकामा जनचेतना मावि, नारायणस्थान मावि, भूमे मावि, जनज्योति मावि गरी ४ वटा, बेथानचोक गाउँपालिकामा भिमेश्वर मावि, आत्मविकास मावि, सरस्वती मावि र पार्वती मावि गरी ४ वटा, भुम्लु गाउँपालिकामा बनदेवी मावि, अरुणेदय मावि र प्रकाश मावि गरी ३ वटा, रोशी गाउँपालिकामा गणेशमावि, हरिसिद्धि मावि, पञ्चकन्या मावि र अमरनाथ मावि गरी ४ वटा तथा महाभारत गाउँपालिकामा १ वटा मात्र गोकुले माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।